बाजुराको नाटेश्वरी मन्दिरमा १ क्विन्टलको ऐतिहासिक घण्टी चढाइयो



हाम्रो इकोनोमि

 

 

 

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल नाटेश्वरी मन्दिरमा १ क्विन्टल (१०० केजी) तौलको ऐतिहासिक महाघण्ट चढाईएको छ । जनैपूर्णिमाको अवसरमा सो ‘महाघण्ट’ अमेरिका निवासी पदमबहादुर शाही र उनका भाइहरू भरतबहादुर शाही तथा पारस विक्रम शाहीले संयुक्त रूपमा नाटेश्वरी देवीलाई श्रद्धापूर्वक चढाएका हुन् ।  शाही परिवारले काठमाडौंका प्रसिद्ध शिल्पीमार्फत तीन महिना लगाएर बिशेष गजुर सहितको कलात्मकता झल्किने यो भव्य घण्ट निर्माण गराएका थिए । यसलाई स्थानीय बाजागाजा, पञ्चकन्या, मंग्ल्यारी र धामी–पुजारीको सहभागिता तथा लावालस्करसहित नाटेश्वरीको भण्डारघर खिरपाटाबाट स्थानीय युवाको सहयोगमा मन्दिरसम्म पुर्याइएकोथियो ।

मन्दिरका पुजारी पर्वतबहादुर शाहीका अनुसार, शाही परिवारले चढाएको यो घण्ट हालसम्मकै सबैभन्दा ठूलो हो  । “मन्दिरमा रहेको घण्टी देवीको मुख्य गहना हो । यसको विशिष्ट आकार, कलात्मक निर्माण र आध्यात्मिक महत्त्वका कारण यो दर्शनार्थी तथा भक्तजनको आकर्षणको केन्द्र बन्नेछ, उनले बताए । हालै जीर्णोद्धार सम्पन्न गरिएको नाटेश्वरी मन्दिरमा यसअघि पनि ऐतिहासिक महत्त्वका घण्ट अर्पण गर्ने परम्परा रहँदै आएको छ ।

राणाकालीन प्रधानमन्त्री वीर शमशेर र स्व. रानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाहका हजुरबुवा जर्नेल अग्नी शमशेर जबराले पनि यस मन्दिरमा घण्ट चढाएका थिए । ती घण्टहरू अहिले पनि मन्दिरमा सुरक्षित छन् । परापूर्वकालमा स्थानीय राजा दिपराज छत्यालले बडीमालिका मन्दिरको निर्माणपछि देविकै आज्ञा अनुसार नाटेश्वरी मन्दिर स्थापना गरेका थिए । धार्मिक परम्पराअनुसार बडीमालिका देवीलाई बहिनी र नाटेश्वरी देवीलाई दिदिका रूपमा पूज्ने चलन आजसम्म रहँदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...