१४ सांसद लिएर लामा काठमाडौंमा, बानियाँको विश्वासको मत धरापमा



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । उनले अपराह्न ४:०० बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

तर, निवर्तमान मुख्यमन्त्री बहादुर लामा पक्षले आफ्नो अडान नछाड्दा मुख्यमन्त्री बानियाँ अप्ठ्यारोमा परेका छन् । लामासहित कांग्रेसका १४ सांसद यतिबेला काठमाडौंमै छन् । लामाले आफू मुख्यमन्त्री हुँदा नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउनुपर्ने अडान राखेका छन् । यसअघि पार्टी सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा बानियाँले तीन मन्त्रीको शपथ गराउने बताएपछि लामाले राजीनामा दिएका थिए । तर, बानियाँले सहमति कार्यान्वयन नगरेपछि लामा समूह रुष्ट छ ।

लामाले साउन १४ गते गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । लामाले लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

बानियाँले सहमति लत्त्याएको भन्दै सभापति देउवाको निर्देशन समेत नमानी लामा समूह अहिलेसम्म काठमाडौंमै छ । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भए पनि आफूहरू काठमाडौंमा रहेको लामा समूहका सांसद गोविन्द लम्सालले बताए । उनले भने हामी अहिलेसम्म काठमाडौंमै छौँ । पार्टी सभापति देउवासँग सम्पर्क भइरहेको छ । हामीले कुराकानी गरिरहेका छौँ ।

तपाईँहरूले काठमाडौं बसेर विश्वासको मत लिने मिति सार्न प्रस्ताव गर्नुभएको हो, भन्ने जिज्ञासा उनले भने, हामी अहिलेसम्म काठमाडौंमै छौँ भनेपछि आफैँ बुझ्नुस् न ।  हाम्रो माग सबै तपाईंहरुलाई थाहा छँदैछ ।

कांग्रेस र एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् । लामा पक्षले यसअघि नै सभापति देउवालाई नै भेटेर आफ्नो माग सम्बोधन नभए सामूहिक राजीनामा दिनेसम्मको चेतावनीसमेत दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...