माधव-झलनाथबीच थप झगडा नगर्ने सहमति



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल वाकयुद्धमा उत्रिएपछि विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका छन् । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत दोस्रो तहको नेताहरूको सक्रियतापछि शनिबारयता उनीहरूबीच दुई चरणको भेट भइसकेको छ । शनिबार अध्यक्ष नेपाल पार्टीको कार्यक्रममा जानुपर्ने भएकाले छोटो भेट मात्रै भएको थियो । तर, सोमबार दुई नेताहरुबीच पार्टीभित्र देखिएको समस्या समाधान गरेर जान सहमत भएका छन् ।

दुई नेताबीचको भेटबारे उपमहासचिव राजकुमार भट्टराईले भने, पार्टीका दुई शीर्ष नेताहरूबीचको यो नियमित भेट हो । बाहिर चर्चा भएजस्तो पार्टीभित्र विवाद छैन । सबै कुरा मिल्छन् । दुई नेताबीच अब सार्वजनिक रूपमा एक-अर्काविरुद्ध नबोल्ने र बाँकी कुरा पार्टी बैठकमा छलफल गर्न पनि तयार भएका छन् । सम्मानित नेता खनालले एमालेबाट विद्रोह गरेको चार वर्षमा पनि औचित्य पुष्टि गर्न नसकेको अभिव्यक्ति दिएपछि अध्यक्ष नेपाल चिढिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...