थप २०० मेगावाट बिजुली भारत निर्यात गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

 भारत सरकारले नेपालबाट थप  २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातका लागि भारतले अनुमति दिएको थियो । अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यातको बाटो खुलेको छ ।

बंगलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ । यस हिसाबले नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ  । अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जानकारी दिएको छ ।

लिखु-२, लिखु खोला ए , लोअर सोलु,  ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली यसअन्तर्गत निर्यात हुनेछ । गत आर्थिक वर्ष ०८१/८२ मा  नेपालले भारत विद्युत निर्यात गरेर १७ अर्व ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त भएको र यो आगामी दिनमा बढ्दै जाने अपेक्षा रहेकाले यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...