थप २०० मेगावाट बिजुली भारत निर्यात गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

 भारत सरकारले नेपालबाट थप  २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातका लागि भारतले अनुमति दिएको थियो । अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यातको बाटो खुलेको छ ।

बंगलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ । यस हिसाबले नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ  । अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जानकारी दिएको छ ।

लिखु-२, लिखु खोला ए , लोअर सोलु,  ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली यसअन्तर्गत निर्यात हुनेछ । गत आर्थिक वर्ष ०८१/८२ मा  नेपालले भारत विद्युत निर्यात गरेर १७ अर्व ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त भएको र यो आगामी दिनमा बढ्दै जाने अपेक्षा रहेकाले यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...