हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ



हाम्रो इकोनोमि

 

 

 देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये २५ साउनसम्म १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भएको हो ।

गत वर्षको तुलनामा झन्डै ७.१९ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९८.०४ प्रतिशत रोपाइँ भएको छ भने लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको हो ।

यस्तै गण्डकी प्रदेशमा ९२.७७ प्रतिशत रोपाइँ हुँदा बागमती प्रदेशमा ९३.५६ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । यसैगरी मधेस प्रदेशमा सबैभन्दा कम ७६.५४ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ९८.१९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मधेस सुक्खाग्रस्त भई समयमै धान रोप्न नसकिएका कारण उत्पादन घट्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...