शिक्षालाई गैरनाफामूलक बनाइने भएपछि निजी शिक्षण संस्था आन्दोलनमा



हाम्रो इकोनोमि

 

 

निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकमा राख्न लागिएका केही प्रावधानलाई लिएर सच्याउन माग गर्दै आन्दाेलनको चेतावनी दिएका छन् ।  हिसान, नेसनल प्याब्सन ,एन प्याब्सन र  प्याब्सनले आज संयुक्त विज्ञप्ति जारी गरी आफ्ना माग सम्बाेधन नभए २९ गतेबाट आन्दाेलन गर्ने चेतावनी दिएका हुन् ।  उनीहरुले  निजी विद्यालयलाई क्रमश: गैरनाफामूलक बनाइने भन्ने वाक्यांश तत्काल हटाउन माग गरेका छन् ।

अन्तिम चरणमा रहेको शिक्षा विधेयकबाटनिजी विद्यालयहरूलाई क्रमश गैर नाफामूलक बनाइनेछ भन्ने वाक्याशं हटाइनुपर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्नेलगायका विषयहरु तत्काल सच्याउन माग गरेका छन् ।

सबै सरोकारवालाका विषयमा कानुनी व्यवस्था र कानुनबमोजिम स्थापना भई सञ्चालन भएका संस्थाहरूको स्थायित्वलाई समेत मध्यनजर गरी कुनै पूर्वाग्रह नराखी निर्माणाधीन शिक्षा ऐनमा समुचित व्यवस्था गर्न माग गरेका छन् । श्रावण २८ गते भित्र यी मागहरु सम्बोधन गरी विधेयकमा संशोधन नगरिए २९ गतेदेखि आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...