नेपाललाई पार्टी अध्यक्ष छोड्न खनालको चेतावनी



हाम्रो इकोनोमि

 

 

एकअर्काविरुद्ध चर्को सार्वजनिक अभिव्यक्ति दिइरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एक घण्टा लामो सम्वाद भएको छ ।

एकअर्कालाई पार्टी छोड्न सुझाव दिने तहकै आरोप–प्रत्यारोपमा नेपाल र खनाल उत्रिएपछि दोस्रो तहका नेताहरुले छलफलमा राखेका हुन् । नेताहरु बेदुराम भुसाल र प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालले दुई नेतालाई छलफलमा राखेका थिए ।

माधव नेपालले ‘विद्रोह पुष्टि गर्न सकिएन भन्ने अभिव्यक्ति दिनेलाई पार्टीबाट बिदा गरिने’ बताएका थिए । यो छलफलमा अध्यक्ष नेपालले आफ्नो आसय पार्टी छोडेर हिँड्नु भन्ने नभएको बताएका थिए । दुवै जनाले आफ्नो आसय प्रष्ट्याउन खोज्नुभयो । तर कुनै ठोस निष्कर्षमा पुगिसकेको भने होइन’ स्रोतले भन्यो । पूर्वप्रधानमन्त्री खनालले लिएको अडानले छलफल निष्कर्षमा नपुगेको स्रोत बताउँछ ।

झलनाथ खनालले अडान छोड्नु भएन । उहाँले पार्टी छोडेर जानुपर्छ भन्ने माधव नेपालको भनाइसँगै समग्र राजनीतिक कोर्सकै निकास दिनुपर्ने अडान लिनुभयो’ स्रोत भन्छ ।

माधव नेपालले मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव खनालले राखेका थिए । यस्तो केसमा मार्ग प्रशस्त गर्नु तपाईंकै हितमा हुन्छ’ खनालको भनाइ थियो । पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको व्यक्तिगत मुद्दा भएकाले पनि मार्ग प्रशस्त आवश्यक रहेको खनालले तर्क गरेका थिए ।

‘अदालतमा मुद्दा चलिरहेको छ । यस्तोमा तपाईंले कसैलाई कार्यवाहक दिनुस्’ पूर्वप्रधानमन्त्री खनालले भनेका थिए । एक नेताका अनुसार पूर्वप्रधानमन्त्री खनालको अडानले छलफललाई अगाडि बढ्न दिएन ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...