मोदीको निम्तो लिएर भारतीय विदेश सचिव काठमाडौं आउँदै



हाम्रो इकोनोमि

 

 

भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउने भएका छन्  । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय समकक्षी नरेन्द्र मोदीको निम्ता लिएर विदेश सचिव नेपाल आउन लागेका हुन् । एक वर्षकोबीचमा उनको यो दोस्रो नेपाल भ्रमण हो ।

अघिल्लो वर्ष साउन तेस्रो साता उनी नेपाल आएका थिए । त्यसबेला ओली प्रधानमन्त्री बनेको एक महिना भएको थियो । चौथो पटक प्रधानमन्त्री बनेको एक वर्षपछि ओली भदौ अन्तिम साता भारतको औपचारिक भ्रमणमा जाँदैछन् । यसअघि सचिवस्तरीय संयन्त्रको बैठक समेत बसेको छ ।

प्रतिक्रिया दिनुहोस
सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...