युवा संघका दुई नेता साधारण सदस्यबाटै निष्कासित



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले संगठनका दुई नेतामाथि कडा अनुशासनात्मक कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । संघको साउन १९ गते सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले लुम्बिनी प्रदेशका तत्कालीन अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवान्तिका राईलाई संगठनको विधानअनुसार कारबाही गर्दै पार्टी सदस्यता खारेज गर्न समेत सिफारिस गरेको हो ।

यसअघि साउन १० मा पार्टीविरोधी गतिविधि गरेको र आर्थिक अनियमितता गरेको भन्दै उनीहरुलाई निलम्बन गरेपछि पनि उनीहरुले चित्तबुझ्दो जवाफ नदिएको र नेताहरुलाई गालीगलौज गर्ने र मिडियाबाट अर्नगल प्रचार नरोकेका कारणउनीहरुलाई साधारण सदस्यबाट हटाइएको युवासंघले जनाएको छ । संगठनले उनीहरूलाई कुनै नेताप्रति पक्षधर भएको वा गुटगत कारणले नभई अनुशासनहीनता, ठगी, आर्थिक अपचलन र संगठन विरोधी गतिविधिका कारण कारबाही गरिएको स्पष्ट पारेको छ।

सुरज खरेलमाथि महाधिवेशनका अध्यक्षमण्डल सदस्यहरूमाथि अभद्र व्यवहार, गालिगलौज र ज्यान मार्ने धम्की दिएको, पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार गरेको तथा विधानविपरीत प्रदेश सचिवालय बैठक बोलाई कमिटी पुनर्गठनको प्रयास गरेको आरोप छ । उनीमाथि पटक–पटक सचेत गराउँदा पनि नमानिएको भन्दै कारबाही गरिएको हो । खरेल रुपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन् ।

त्यस्तै, इलामकी युवान्तिका राईमाथि भने सरकारी कोटामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको ठगीसम्बन्धी उजुरी परेपछि कारबाही गरिएको हो। संगठनका अनुसार उनले प्रधानमन्त्रीको छोरी हुँ भन्दै विदेश पठाउने प्रलोभनमा ३ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि उजुरी र प्रमाणले गरेपछि कारबाही गरिएको हो । नागरिकता प्रकरणसमेत चितवन जिल्ला अदालतमा विचाराधीन रहेको जनाइएको छ ।

युवा संघका प्रवक्ता निरोज पौडेलले कारबाही पूर्णतः विधि र विधान अनुसार भएको प्रष्ट पार्दै व्यक्तिगत गोपनीयताको संरक्षण गर्दै सचेत गराउने नेतृत्वको सदाशयतालाई कमजोरी ठानेर झन् संगठन र पार्टीविरुद्ध षड्यन्त्र गरिएको आरोप लगाएका छन् । पार्टी र नेतृत्वमाथि लाञ्छना लगाउँदै कपोलकल्पित आरोप फैलाउने कार्य गम्भीर राजनीतिक विचलन हो, विज्ञप्तिमा उल्लेख छ, संगठनको अनुशासन, हित र गरिमा कायम राख्न बाध्य भएर कारबाही गरिएको हो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...