एमसीसी जस्ताको तस्तै पारित हुन दिएनौं : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूकै अडानको कारणले एमसीसी जस्ताको तस्तै पारित हुन नदिएको बताएका छन् । पार्टीका सचिव लीलामणि पोख्रेलद्वारा लिखित पुस्तक नेपालमा एमसीसी पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै माओवादीले धेरै पहल गरेर नै जस्ताको तस्तै पारित हुन नदिएको जिकिर गरे ।

उनले भने अनुमोदनको कुरा चलिरहेको बेलामा हामीले जस्ताको तस्तै पारित हुन नदिनको लागि धेरै गर्‍यौँ । कांग्रेस हर हालतमा पारित गर्ने पक्षमा थियो, कुनै पनि संशोधन आवश्यक छैन भन्ने पक्षमा थियो । उहाँहरूबिच विमति पनि देखिँदैनथ्यो ।

उनले नेकपा हुँदा पनि कार्यदल बनाएर अध्ययन गरेर यथास्थितिमा पारित हुन हुँदैन भनेर सुझाव दिएको समेत बताए । उनले एमसीसी रोक्नको लागि आफूहरूले एमालेलाई सरकारको नेतृत्व गर्न भनेको समेत दाबी गरे। एमसीसी पारित हुने बेलामा कांग्रेस र माओवादीको गठबन्धन सरकार थियो ।

उनले भने हामीलाई जनभावना अनुसार बनाउन लागिरहेका थियौँ। तर अहिलेका प्रधानमन्त्रीले कमा र फुलिस्टप पनि चेन्ज गर्न आवश्यक छैन भन्नुभयो । जस्ताको तस्तै पारित हुन्छ भन्नुभयो । उनले अन्तिम समयमा कांग्रेस र एमालेले नै बहुमत पारित गर्ने भएपनि आफूहरूले व्याख्यात्मक टिप्पणी गर्न बाध्य पारेको बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...