एमसीसीविरुद्ध विप्लवको नेकपाले देशभर प्रदर्शन गर्ने



हाम्रो इकोनोमि

 

 

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले एमसीसी परियोजनाविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ । साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रदर्शनको आह्वान गरेको हो । नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले एक विज्ञप्ति जारी अमेरिकाले केही महिना अगाडि स्थगित गरेको एमसीसी परियोजना नेपालमा पुनः सुरु गर्ने निर्णय गरेकोको भन्दै आपत्ति जनाए ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जनबिना जबरजस्ती पुनः एमसीसी लाद्नु घातक छ । एमसीसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसङ्घर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौँ । एमसीसी रहेसम्म सङ्घर्ष जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...