नाडा अटो शो सवारीप्रेमीको महान चाड हो : अध्यक्ष चौधरी



हाम्रो इकोनोमि

 

 

 

 

 

आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ आयोजना हुँदैछ । यस पटकको नाडा अटो शो केही भिन्न हुँदैछ । यस वर्षको प्रदर्शनी ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुँदैछ ।  यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितीकी तन्त्रलाई एकै छानामुनी ल्याउने भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब हो । यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने बताएका छन ।

उनले स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारखुट्टे रोबोटहरु (यूनिट्री रोबोटिक्स) र भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक (दीपल ईभिटोल युएभी) प्रदर्शनी गरिने छ । यसका अतिरिक्त १९ वटा चारपांग्रे ब्राण्डहरु, १३ वटा हल्का व्यवसायीक सवारी साधन ब्राण्डहरु र ४ वटा दुईपांग्रे सवारी ब्राण्डहरु प्रदर्शनीमा राखिने भएको बताए ।

नाडा अटो शोमा ३५ वटा कम्पनीहरू ९लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू० सहभागी हुनेछन् । एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको छ ।

‘नाडा’ भन्ने बित्तिकै सबै नेपालीले अटोमोबाइल क्षेत्रलाई बुझ्छन् । अटोमोबाइल क्षेत्रको पर्यायवाची नै नाडा बनेको छ । नाडाको अर्को महत्त्वपूर्ण पर्यायवाची प्रदर्शनी हो । नाडा भनेकै एउटा चाड हो । ‘नाडा कहिले आउँदैछ रु’ भनेर मानिसहरूले सोध्नुको अर्थ नाडा अटो शो कहिले हुँदैछ भनेर हो ।

नाडा अटो शो हाम्रो लागि एक महत्त्वपूर्ण कार्यक्रम हो । जसको आयोजना हामी पात्रो हेरेर घटस्थापनाभन्दा अगाडि तोक्छौँ । यो केवल एक प्रदर्शनी होइन, यो अटोमोबाइल व्यवसायीहरूको लागि एउटा चाड हो, जसलाई हामी सबै हर्षोल्लासका साथ मनाउँछौँ  उनले भने ।

अध्यक्ष चौधरीले भने यस पटकको नाडा अटो शो विशेष छ । यो केवल एक चाड मात्र होइन, भविष्यको दूरदर्शी सोचलाई अँगाल्ने एक अवसर पनि हो । गत वर्ष मैले नाडा अटो शोबाट अटोमोबाइल क्षेत्रको भविष्यको दृष्टिकोण प्रस्तुत गर्ने वाचा गरेको थिएँ । यस पटक नाडाले यहाँहरूलाई मोबिलिटी, भविष्य र प्रविधिको वास्तविक अर्थ अनुभव गराउने छ ।

उनले भने भविष्यको कुरा गर्दा, विद्युतीकरण ९इलेक्ट्रिफिकेसन० एक महत्त्वपूर्ण पाटो हो । नेपालले यति छिटो र बलियोसँग विद्युतीकरणलाई अँगाल्छ भनेर कसैले सोचेको थिएन । भविष्यले नेपाललाई चाँडै नै नयाँ उचाइमा पुर्‍याउनेछ । यस पटकको नाडा अटो शो केही फरक ढङ्गले आयोजना गरिएको छ । यसको कुल क्षेत्रफल ३ लाख स्क्वायर फिटभन्दा बढी छ भने प्रदर्शनी स्थल १ लाख ५९ हजार स्क्वायर फिटभन्दा बढी छ ।

यस पटक हामी नवीनता, भविष्यको मोबिलिटी र दिगो विकासमा केन्द्रित छौँ । हामीले प्रविधि, संस्कृति र व्यवसायलाई एकसाथ कसरी अगाडि बढाउन सकिन्छ भनेर सोचेका छौँ । हाम्रा सबै प्रायोजकहरूको एउटै लक्ष्य छ– नाडालाई नेपालको चाड बनाउने बताए ।

उनले भने यहाँहरूले प्रदर्शनीमा आएर भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक प्रत्यक्ष अनुभव गर्न सक्नुहुनेछ । यहाँहरूले युनिट्री रोबोटसँग अन्तरक्रिया गर्ने मौका पनि पाउनुहुनेछ । यो नै नाडा हो । नाडाको मुख्य ध्यान नेपाली उपभोक्ताहरू हुन् । हामी उनीहरूलाई भविष्यसँग जोड्न चाहन्छौँ । यी कुराहरूले यस पटकको नाडा किन फरक छ भन्ने कुराको आभास दिनेछ ।

नाडा अब नयाँ युगमा प्रवेश गर्दैछ । अर्को वर्ष नाडाले आफ्नो स्वर्ण जयन्ती मनाउँदैछ । जुन हाम्रो लागि ५० वर्षको यात्रा हो । नाडाको यो ५० वर्षको यात्रा सहज थिएन । केही अग्रजहरूले सुरु गरेको सानो प्रयासबाट आज हामी यो विशाल संगठन बनेका छौँ अध्यक्ष चौधरीले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...