इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री नियुक्त



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी बागमतीका छैटौं मुख्यमन्त्री हुन् । प्रदेशका कुल ११० सांसदमध्ये बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन छ । यसअघिका मुख्यमन्त्री बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावमार्फत् संसदीय दलको नेताबाट हटाएर बानियाँ दलको नेता हुँदै मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...