सबैखाले गुटबन्दी अन्त्य हुन्छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले पार्टी एकतावद्ध रूपमा अघि बढ्ने सामूहिक प्रतिवद्धता गरेको बताएका छन् । स्थायी समितिको बैठक सकेर पेरिसडाँडाबाट निस्किँदै गर्दा उनले माओवादीलाई एकतावद्ध गर्ने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए ।

दाहालले भने, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकतावद्ध गर्ने चुनौती थियो । त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्‍यौं । सामूहिक प्रतिवद्धता गरेका छौं । सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प सामूहिक रूपमा गरेका छौं ।

फेरि एकचोटि जनतामा गएर देशमा देखा परेका विसंगतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको उनले बताए । छोटो प्रतिक्रिया दिँदै उपमहासचिव शर्माले भने वैचारिक, राजनीतिक, सांगठानिक विधिका सबै एजेण्डामा उच्चस्तरमा गम्भिर छलफल भएर निष्कर्ष निकालिएको बताए । अरु कुरा प्रवक्ताबाटै सुन्न भन्दै उनी हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...