गीताप्रेस नेपाल द्वारा निःशुल्क बस सेवा प्रदान



हाम्रो इकोनोमि

 

 

श्रावण महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरुलाई लक्षित गरी गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले पशुपति विकास कोषसँगको सहकार्यमा मयुर यातायातको बस मार्फत पहिलो र दोस्रो सोमबार विहान ४ बजेदेखि १० बजेसम्म निःशुल्क बस सेवा प्रदान गरिएकोमा अब आउने तेस्रो सोमबार श्रावण १९ गते र चौथो सोमबार श्रावण २६ गतेका दिन उक्त बस सेवा विहान ५ बजे देखि संचालन हुने जानकारी गराउँदछौँ ।

पहिलो नम्बरको रुट बल्खुबाट सुरु भई एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पशुपतिनाथ मन्दिरसम्म पुग्ने छ र दोस्रो नम्बरको रुट बल्खुबाट सुरु भई नयाँ बसपार्क, कलंकी, स्वयम्भु, नारायणगोपाल चोक, चाबहिल हुँदै पशुपतिनाथ मन्दिरसम्म सेवा उपलब्ध हुने छ । बस सेवा पूर्ण रूपमा निःशुल्क रहेको हुँदा सबै भक्तजनलाई विहान ५ बजेदेखि उपरोक्त रुटमा संचानलन हुने बस
सेवा प्रयोग गरी लाभ लिनु हुन अनुरोध गर्दछौँ ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा श्रद्धालुहरूको अत्यधिक भीड हुने भएकाले भीड व्यवस्थापन र भक्तजनको सुविधाका लागि यस सेवाबाट सहज र सुरक्षित रूपमा मन्दिर दर्शन गर्न सकुन भन्ने उद्देश्यले पशुपति विकास कोषसँगको सहकार्यमा, मयुर यातायात बसद्वारा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको प्रायोजनमा संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...