काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा, निःशुल्क ओपिडी सेवा सुरु



हाम्रो इकोनोमि

 

 

काठमाडौं नेसनल मेडिकल शिक्षण अस्पताल पुनः सञ्चालनमा ल्याइएको छ। अस्पतालले पुनः सञ्चालनको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै अर्को सूचना नआएसम्मका लागि निःशुल्क ओपिडी सेवा प्रदान गर्ने जनाएको छ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले अस्पतालको औपचारिक उद्घाटन गरेका थिए। उनले यस पुनः सञ्चालनलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा सकारात्मक कदम भएको भन्दै अस्पताल टिमलाई शुभकामना दिएका छन्। मन्त्री मगरले गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रवर्द्धनमा मन्त्रालयको निरन्तर साथ रहने प्रतिवद्धता जनाए।

अस्पतालले विशेषज्ञ सेवा अन्तर्गत जनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक/कान/घाँटी, आँखा, नसा, मुटु, मिर्गौला, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध गराउने जनाएको छ।

आपत्कालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्स–रे तथा फिजियोथेरापी सेवामा पनि छुटको व्यवस्था गरिएको छ । कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले उद्घाटन समारोहमा यसअघि नेपाल मेडिकल कलेज र नेसनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव सँगालेको टिमले नै नयाँ कलेज सञ्चालनमा ल्याएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...