केन्द्रीय कमिटीको निर्णय अनुसार काम गर्न ओलीको निर्देशन



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीले गरेका निर्णयअनुसार परिचालित हुन जनसंगठनहरूलाई निर्देशन दिएका छन् । शनिबार साँझ बालुवाटारमा जनसंगठन संयन्त्रको बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा संस्थागत निर्णय भइसकेकाले भण्डारीलाई पूर्वराष्ट्रपतिकै मर्यादामा सम्मान गर्नुपर्ने दोहोर्‍याएको बैठकमा सहभागी एक नेताले बताए । ‘निर्णय भनेको निर्णय हो । अब दायाबायाँ नगरी त्यसको कार्यान्वयनका लागि एकतावद्ध भएर जानुपर्छ र हाम्रो सम्पूर्ण ध्यान मिसन ८४ मा हुनुपर्छ’, ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

जनसंगठनहरूमा गैरपार्टी सदस्यलाई राखेर जानुपर्नेमा ओलीको जोड थियो । बालुवाटार बैठकबारे मानवाधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले पनि सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । रिजालले लेखेका छन्, ‘अध्यक्ष कमरेडले भन्नुभयो- कुन व्यक्तिले के भन्दछ भन्ने आधारमा होइन, पार्टीले संस्थागत रूपमा के निर्णय गर्दछ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ । संयन्त्रका संयोजक भानुभक्त ढकालले एकताबद्ध र सुदृढ पार्टी बनाउन पार्टीको विधान, विधि र अनुशासन अनुरूप नेता-कार्यकर्ता र संगठन चल्नुपर्ने धारणा राखेका थिए । २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा विधान महाधिवेशनका सन्दर्भमा हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय स्पष्ट गराउँदै कार्यान्वयनमा एकरुप बुझाइ कायम गराएको रिजालले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...