केन्द्रीय कमिटीको निर्णय अनुसार काम गर्न ओलीको निर्देशन



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीले गरेका निर्णयअनुसार परिचालित हुन जनसंगठनहरूलाई निर्देशन दिएका छन् । शनिबार साँझ बालुवाटारमा जनसंगठन संयन्त्रको बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा संस्थागत निर्णय भइसकेकाले भण्डारीलाई पूर्वराष्ट्रपतिकै मर्यादामा सम्मान गर्नुपर्ने दोहोर्‍याएको बैठकमा सहभागी एक नेताले बताए । ‘निर्णय भनेको निर्णय हो । अब दायाबायाँ नगरी त्यसको कार्यान्वयनका लागि एकतावद्ध भएर जानुपर्छ र हाम्रो सम्पूर्ण ध्यान मिसन ८४ मा हुनुपर्छ’, ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

जनसंगठनहरूमा गैरपार्टी सदस्यलाई राखेर जानुपर्नेमा ओलीको जोड थियो । बालुवाटार बैठकबारे मानवाधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले पनि सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । रिजालले लेखेका छन्, ‘अध्यक्ष कमरेडले भन्नुभयो- कुन व्यक्तिले के भन्दछ भन्ने आधारमा होइन, पार्टीले संस्थागत रूपमा के निर्णय गर्दछ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ । संयन्त्रका संयोजक भानुभक्त ढकालले एकताबद्ध र सुदृढ पार्टी बनाउन पार्टीको विधान, विधि र अनुशासन अनुरूप नेता-कार्यकर्ता र संगठन चल्नुपर्ने धारणा राखेका थिए । २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा विधान महाधिवेशनका सन्दर्भमा हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय स्पष्ट गराउँदै कार्यान्वयनमा एकरुप बुझाइ कायम गराएको रिजालले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...