एमाले विभाजन गर्नु ठूलो गल्ती थियो : झलनाथ खनाल



हाम्रो इकोनोमि

 

 

 नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले देशकै ठूलो कम्युनिस्ट शक्ति भएकोले त्यसलाई विभाजन गर्नु र छाड्नु आफैँमा गल्ती भएको स्वीकार गरेका छन् । उनले पार्टी विभाजन गरेर नयाँ दल बनाउने निर्णयप्रति पश्चात्ताप व्यक्त गरेका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा खनालले भने म त अब के भन्न थालेको छु भने जतिबेला पार्टी विद्रोह या विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म । उनले नेकपा एमालेलाई नेपालको कम्युनिस्ट आन्दोलनको एक सशक्त संस्था भनेर चिनाउँदै त्यसलाई छाड्नु गम्भीर भूल भएको बताएका छन् । नेकपा एमाले भनेको एउटा संस्था हो, जुन हामीले कम्युनिस्ट आन्दोलनको राम्रो संस्थाका रूपमा बनाएका थियौँ, उनले भने ‘त्यो संस्थालाई त्यति बेला छाड्ने, विद्रोह गर्ने कुरा गलत थियो ।

पत्रकार खरेलले सोधे, कहिलेकाहीँ लाग्दैन कि व्यर्थै नेकपा एमाले छाडेर नेकपा एसमा आएँ । खनालले स्पष्ट जवाफ दिए, ‘लाग्न त सुरु भएको छ । जतिबेला यो पार्टी विद्रोह गरियो, त्यो नै गलत रहेछ भन्ने महसुस हुँदै छ मलाई । एमालेमा गरिएको विद्रोह पुष्टि हुन नसकेको उल्लेख गर्दै उनले त्यसलाई नै गल्तीको प्रमाणको रूपमा माने ।

पुष्टि नहुनुको अर्थ के हो भने, गलत गरियो उनले भने गलत गरिएछ त्यति बेला । केपी ओलीको व्यक्तिगत विरोधका कारण एमाले नछाडेको बताउँदै खनालले थपे, ‘म कुनै व्यक्ति विशेषलाई मान्दिनँ । संस्थागत हैसियतमा एमाले एउटा बलियो संस्था थियो । त्यस्तो संस्थालाई त्यति बेला छाड्नु, विद्रोह गर्नु सही थिएन । खनालले पछिल्लो समय राजनीतिक पुनर्मूल्यांकन गर्दै पूर्व निर्णयबारे खुलेर आत्मालोचना गर्न थालेका छन्, जुन नेपाली वाम राजनीति र नेकपा -एस- को भविष्यका सन्दर्भमा महत्त्वपूर्ण मोडको संकेत मानिएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि मुद्दा दायर भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने खालको धारणा सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...