राजेन्द्र लिङ्देनका स्वकीय सचिवले मान्छे कुटे



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् । गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ (क्षेत्र नम्बर–२ (ख) राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेटले हानेका हुन् । बुधबार केही साथीहरूसँगै विशालनगरमा चियागफ गरिरहेको बेला गैरै भएकै ठाउँमा पुगेर कडायतले हेल्मेटले हानेका हुन् ।

साथीहरूसँगै बसेको उनलाई केही पर छुट्टै लगेर कडायतले हेल्मेटले प्रहार गरेका हुन् । सामाजिक सञ्जालमा लेखेको भन्दै कडायतले हेल्मेटले प्रहार गरेको गैरेले  बताए । ‘सामाजिक सञ्जालमा के पोष्ट गरेको भनेर उसले सोध्यो । मैले गरेको कुन पोष्ट भनेर सोधेँ । किन म माथि आक्रमण भयो, अहिलेसम्म अस्पष्ट छु, गैरले प्रहरीमा उजुरी दिएको जानकारी गराए । कडायतले आफूमाथि कुटपिट गरेको भिडियो गैरेले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । न्याय नपाए पार्टी कार्यालयमा पासो लगाएर मर्ने चेतावनी समेत उनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...