संसदीय दलको नेतामा लामा र बानियाँबीच प्रतिस्पर्धा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ । लामाको अविश्वासको प्रस्ताव दर्ता गरेका सांसदहरूले पहिले नै बानियाँलाई दलको नेता र मुख्यमन्त्रीको लागि निर्क्यौल गरेपनि संसदीय दलको नेताबाट आउट भएका मुख्यमन्त्री लामा भने प्रतिष्पर्धामा आउने नआउने बताएका थिएनन् ।

उनले आफ्नो तर्फबाट ललितपुरबाट प्रदेश सांसदमा प्रतिनिधित्व गरेका रामकृष्ण चित्रकारलाई प्रस्ताव गरेका थिए । तर, आफ्नो विपक्षमा रहेका सांसदहरूलाई आफूतर्फ तान्ने प्रयास गरिरहेका मुख्यमन्त्री लामाले अन्ततः आफै संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन् । कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको निर्वाचन अहिले १० बजेदेखि सुरु भएको छ । १० देखि ११ बजेसम्म नामावली प्रकाशन गरेपछि ११ः३० देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको संसदीय दलका सचिव कृष्ण तामाङले जानकारी दिएका छन् ।

सोही तालिका अनुसार सकेसम्म पाँचै जना मन्त्री टुङ्ग्याएर शपथ समेत खुवाएर मनोनयन दर्ता गर्न जाने तयारी मुख्यमन्त्री लामाले गरेका छन् । संसदीय दलको नेतामा लामाका तर्फबाट उम्मेदवार बन्ने चर्चा रहेका सांसद रामकृष्ण चित्रकारले जित्ने निश्चित भएका कारण मुख्यमन्त्री लामा नै संसदीय दलको नेतामा उम्मेदवार बन्ने निर्णय भएको  बताए । उनले भने, संसदीय दलको नेतामा म उठ्ने कि भन्ने थियो । तर, जित निश्चित भएका कारण फेरि मुख्यमन्त्री ज्यू नै उम्मेदवार बन्ने निश्चित भएको छ । उहाँले नै उम्मेदवारी दिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...