प्रचण्ड र माधव नेपालबीच पार्टी एकताकाबारे छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताकाबारेमा छलफल भएको छ । आइतबार र सोमबार भेटघाट गरेका अध्यक्षद्वयले पार्टी एकताका बारेमा घनिभूत छलफल गरेको उनीहरू निकट स्रोतले जानकारी दियो।

उनीहरूले यस्तो छलफलमा पार्टीका दोस्रो तहका नेताहरूलाई भने मिसाउने गरेका छैनन । यो अध्यक्षहरूको तहको छलफल हो, स्रोतले भन्यो, उहाँहरूबीच एउटा समझदारी बन्यो भने तल पनि सर्कुलेशन होला ।

पार्टीका उपमहासचिव जनार्दन शर्माले खुलेआम चुनौति दिन थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र संकट महसुस गरिरहेका छन् । समाजवादीका अध्यक्ष नेपालले पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि सहज मानिरहेका छैनन् ।

सरकार परिवर्तनका लागि गरिएको प्रयास समेत असफल भएपछि दुबै नेताहरूले सरकार र प्रतिपक्षी दुवैतिरको मोर्चामा आफूलाई कमजोर ठानेकाले पार्टी एकताको प्रयासस्वरूप छलफललाई घनिभूत बनाएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...