प्रचण्ड र माधव नेपालबीच पार्टी एकताकाबारे छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताकाबारेमा छलफल भएको छ । आइतबार र सोमबार भेटघाट गरेका अध्यक्षद्वयले पार्टी एकताका बारेमा घनिभूत छलफल गरेको उनीहरू निकट स्रोतले जानकारी दियो।

उनीहरूले यस्तो छलफलमा पार्टीका दोस्रो तहका नेताहरूलाई भने मिसाउने गरेका छैनन । यो अध्यक्षहरूको तहको छलफल हो, स्रोतले भन्यो, उहाँहरूबीच एउटा समझदारी बन्यो भने तल पनि सर्कुलेशन होला ।

पार्टीका उपमहासचिव जनार्दन शर्माले खुलेआम चुनौति दिन थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र संकट महसुस गरिरहेका छन् । समाजवादीका अध्यक्ष नेपालले पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि सहज मानिरहेका छैनन् ।

सरकार परिवर्तनका लागि गरिएको प्रयास समेत असफल भएपछि दुबै नेताहरूले सरकार र प्रतिपक्षी दुवैतिरको मोर्चामा आफूलाई कमजोर ठानेकाले पार्टी एकताको प्रयासस्वरूप छलफललाई घनिभूत बनाएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...