बहादुरसिंह लामाको मुख्यमन्त्री पद धरापमा



हाम्रो इकोनोमि

 

 

 संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री हुने लाइनमा रहेका नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको पक्षमा २३ सांसदहरूले साथ दिने निश्चित भएको छ ।

हालका संसदीय दलका नेता बहादुरसिंह लामाको विपक्षमा यस अघि २१ सांसदको हस्ताक्षर सहित बानियाँले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर रहेका कांग्रेसका प्रदेश सांसदहरू मिना पराजुली र माया श्रेष्ठले आफूहरूको असहमतिकाबीचमा हस्ताक्षर गराइएको भन्दै आफुहरु लामाकै पक्षमा रहेको विज्ञप्ति मार्फत सार्वजनिक गरिसकेका छन् । तर बानियाँले भने आफ्नो पक्षमा २३ सांसदहरू रहेको दाबी गर्दै आएका छन् । तर दुई सांसदको विज्ञप्ति संसदीय दलमा दर्ता नभएको संसदीय दलका सचिव कृष्ण तामाङले बताए ।

कांग्रेसका २३ सांसदलाई बानियाँ समूहले रातभर हेटौँडाको एउटा होटेलमा सँगै राखेका छन् । २३ जना सांसद हामीसँगै हुनुहुन्छ, रातभर हामीसँगै छौ अहिले १० बजेट संसदीय दलको कार्यालयमा सँगै जान्छौँ’ कांग्रेस बागमतीका एक पदाधिकारीले भने ।

सांसदहरू यता उता हुन सक्ने भएले कांग्रेस सभापति बानियाँले २३ सांसदलाई राती सँगै राखेका हुन् । ‘हस्ताक्षर गर्ने सांसदहरु यता उता हुन सक्छन् तर बानियाँको पक्षमा २३ मत पक्का भएको छ ती पदाधिकारीले भने, २३ भएन भने पनि लामाको भन्दा बढी मत आउँछ । लामा पनि आफ्नो पक्षमा बढी सांसद बनाउन अधिकतम प्रयास गरिरहेका छन् । बानियाँ र लामा दुवैले सांसदहरूलाई मन्त्री बनाउने आश्वासन दिएर सांसदहरूलाई आफ्नो पक्षमा पार्ने अधिकतम प्रयास गरेको कांग्रेस स्रोतको दाबी छ । 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...