गोसाइँकुण्डमा नुहाउने क्रममा बेपत्ता दाजुभाइ मृत फेला



हाम्रो इकोनोमि

 

 

रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् । गोसाइँकुण्डमा  नुहाउने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए । उनीहरू दाजुभाइ (मामा-फुपुका छोराहरू) हुन् ।

सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको मृतकका दाजु विवेक मिश्रले जानकारी दिए । उनका अनुसार मनोज काठमाडौं बस्दै आएका थिए । विराटनगरस्थित घरमा बस्दै आएका सुजन केही दिनअघि काठमाडौं गएका थिए ।

काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए । आइतबार गोसाइँकुण्डमा स्थान गर्ने क्रममा दुवै बेपत्ता भएका थिए । एक जना चिप्लिएपछि अर्का उद्दार गर्न गएका थिए । उद्धार गर्न खोज्दा दुवै जना बेपत्ता भएका थिए । एक जना भाइ नुहाउने क्रममा चिप्लिएपछि अर्का भाइ उनको उद्धार गर्न गएका थिए, यस्तो घटना भयो दाजु विवेकले भने ।

प्रतिक्रिया दिनुहोस
११ दल मिल्नुको कुनै अर्थ छैन : सूर्य थापा

     नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी...

अझै पाँचहजार कैदी फरार

    गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

निर्वाचन आचारसंहिताको मस्यौदा तयार

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी,...