लोडसेडिङ कतै छैन : हितेन्द्रदेव शाक्य



हाम्रो इकोनोमि

 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभरी कहीँ पनि लोडसेडिङ नभएको दाबी गरेका छन् । विद्युत आपूर्तिमा समस्या आएको भन्दै आज चितवन आइपुगेका उनले कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर कुप्रचार गरिएको दाबी गरे ।

भरतपुरमा पत्रकारसँग कुरा गर्दै शाक्यले बढ्दो गर्मी, पानी नपरेको कारणले अहिले भएको विद्युत सञ्जालले लोड थाम्न नसकेर लाइन जाने समस्या भएको तथ्यलाई गलत ढंगले व्याख्या गरेर बदनाम गराउने काम भएको बताए ।

लोडसेडिङ अब नेपालमा नहुने तर कहिलेकाँही आउने प्राविधिक समस्यालाई बुझिदिनुपर्ने उनको भनाइ छ । चितवनमा भैरहेको विद्युत आपूर्तिको समस्या बढ्दो लोड तथा पुरानो र जीर्ण वितरण प्रणालीबाट भएको शाक्यको भनाइ छ । ‘पहिले नै यहाँको सिष्टम अपग्रेड गर्नुपर्ने थियो, काममा ढिला भएको पक्कै हो, गर्मी बढेपछि समस्या उत्कर्षमा पुग्यो’ कार्यकारी निर्देशक शाक्यले भने, अब मंगलबार बेलुकासम्म चितवनको विद्युत आपूर्तिको समस्या समाधान हुन्छ, अहिलेको जस्तो अवस्था आउँदैन ।

प्राधिकरणले नै लोडसेडिङको झल्को दिने गरी सूचना प्रकाशन गर्दा गलत सन्देश पुगेको हो कि भन्ने पत्रकारको प्रश्नमा कायकारी निर्देशक शाक्यले सवस्टेशनका कार्यालयमा पुगेर दबाब दिएकै कारण यस्तो सूचना आएको दाबी गरे । ‘लोडसेडिङको तालिका निकाल, सूचना निकाल’ भनेर प्राधिकरणलाई कतिपय ठाँउमा दबाब दिने, घेराउ गर्ने काम गरिएको प्राधिकरण निर्देशक शाक्यले बताए ।

उनले पानी नपरेका कारण किसानहरुले खेतमा गाँडिएका बोरिङ्ग सबै एकैतिर चलाउँदा लोड धान्न नसकेको दावी गरे । ‘हामीले साँझ ५ देखि ९ बजेसम्म नचलाउनुस्, ९ बजेपछि चलाउनुस् भन्यौं तर, खासै लागु भएन’, कार्यकारी निर्देशक शाक्यले भने तराईका अधिकांश जिल्लामा भएको समस्या यहीँ हो ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पुरानो भरतपुर वितरण केन्द्रको निरीक्षण पछि विद्युत आपूर्ति बन्दको एक दिने सूचना निकालेर आलोचित बनेको चनौली वितरण केन्द्रको निरीक्षण गर्न गएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...