अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी



हाम्रो इकोनोमि

 

 

तीन विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ । सिन्धुली कमलामाईका युवराज पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आइतबार उजुरी दर्ता गरेका हुन् ।

उनीविरुद्धको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ । पौडेलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता अनि नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारवाहीको माग गरेका हुन् ।

गतसाता विशेष अदालतले वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दूषित कामकारबाहीको शुरुवाती निर्णयकर्तामाथि नै अनुसन्धान नभएको र मुद्दा चलाउने क्रममा केहीलाई छान्ने र केहीलाई छाड्ने गरी चयनपूर्ण अभियोजन भएको भनी न्यायिक टिप्पणी गरेको थियो । पौडेलले उजुरीमा भनेका छन्, ‘अख्तियारका प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका प्रेमकुमार राईमाथि तत्काल पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्दै उजुरी पेश गरेको छु ।

उनले त्यसबाहेक नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको पनि अनुसन्धान हुनुपर्ने माग गरेका छन् । जग्गा खरिदको निर्णय गर्दा पनि आपूर्ति मन्त्रालयको सचिवको रुपमा राई नै नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्ष थिए । आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मुद्दा चलाएर राईलाई उन्मुक्ति दिइएको भन्दै पौडेलले तामेलीमा राखिएको फाइलमाथि फेरि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

त्यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणका केही आरोपितहरुले आफूहरुले तत्कालीन गृहसचिव प्रेमकुमार राईको गाडीमा नगद राखिदिएको भनी बयान गरेका थिए । तर प्रहरीले अख्तियार प्रमुख राईमाथि कुनै अनुसन्धान गरेन । उजुरीकर्ता पौडेलले त्यो घटनामा पनि अख्तियार प्रमुख राईमाथि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...