विद्या भण्डारीले अध्यक्षमा आँखा गाडेकाले यो निर्णयमा पुग्नुपर्‍यो : ओली



हाम्रो इकोनोमि

 

 

 

 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन् । शनिबार साँझ कर्णालीका केन्द्रीय सदस्यहरूलाई सामूहिक भेट दिँदै ओलीले भर्खरै सकिएको केन्द्रीय कमिटी बैठकमा कर्णालीको एकताबद्ध सन्देश प्रवाहमा धन्यवाद दिए । ३ घण्टा लामो भेटमा ओलीले संघर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोक्काले केही असर नपार्ने प्रष्ट्याए । ओलीले भने देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँगै पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्द्रीय कमिटीमार्फत एमाले पछिल्लो निर्णयमा पुग्नुपरेको  थियो ।

सिंगो एमाले पार्टी र हामी नेताहरू संघर्षपूर्ण इतिहासमा ठूला(ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं । अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्यरूपमा समाधान हुन्छ । तपाईँहरू यसमा अल्मलिनु भन्दा आ-आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।

एमालेले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय काम देखेर अत्तालिएका शक्तिका कारण पार्टीभित्र अस्थिरताको हावा चलाएको भन्दै ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व (विद्या भण्डारी) लाग्नु सिंगो एमालेका लागि दुःखद कुरा भएको बताएको बालुवाटार भेटमा सहभागी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...