एमालेलाई बलियो र देशलाई समृद्ध बनाउने हो : विद्या भण्डारी



हाम्रो इकोनोमि

 

 

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनको लागि सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किन खोजेको बताएकी छन् । एमालेमा निषेधपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो सदस्यता नवीकरण भइसकेको विषय भएकाले विवादमा पार्नुपर्ने विषय नै नभएको बताइन् ।

उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताइन् ।उनले भनिन्, ‘म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु । पदको लालसा छैन । पार्टी सदस्यबाट आफूलाई वञ्चित गर्ने निर्णय अवैध भन्दै उनले आवेग र उत्तेजनाको निर्णयले पार्टीको साख गिराउने बताइन् । भण्डारीले पार्टी सदस्यबाट वञ्चित गर्ने एमालेको निर्णयको वैधतामाथि प्रश्न उठाएकी छन् ।

उनले संविधानको मर्म भावना कहीँ कतैबाट पनि दलमा आफू दलमा आबद्ध भएर राजनीति गर्न नपाउने अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘यो घाम जत्तिकै छर्लङ भएको विषय हो। जबजले संवैधानिक सर्वोच्चता विधिको शासनलाई गहिरोसँग आत्मसाथ गरेको छ। मलाई सदस्यताबाट वञ्चित गराउनुपर्ने कुनै कारण छैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...