राजनीतिक स्थायित्वका लागि सबै दल जिम्मेवार हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी



हाम्रो इकोनोमि

 

 

 पूर्वराष्ट्रपति विद्या भण्डारीले चुलिँदो व्यापार घाटा देशको विकासको बाधकको रूपमा रहेको बताएकी छन् । राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व बढाउन नसक्दा विदेशी मुद्रा तिरेर ठुलो परिमाणमा दैनिक उपभोग्य सामान भित्र्याउनुपर्ने बाध्यता रहेको बताइन् ।

उनले भनिन्, नेपालको समृद्धि वर्तमान आर्थिक सुचकांकले मात्रै मापन गर्न सक्दैन । बरु यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता र राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिराख्नुपर्दछ ।

उनले देशभित्र लगानीको वातावरण बनाउनुको सबैभन्दा ठुलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै भएको बताइन् । उनले भनिन्, नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन यी सबै आवश्यक छन् त्यसको आधार बनाउने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा छ । साथै हामीले समृद्धि मुठ्ठीभर केही मानिसको लागि मात्रै होइन, आम जनताको लागि हुनुपर्छ ।

उनले सघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि महत्त्वपूर्ण चरण पार गरेको भन्दै अब आर्थिक समृद्धिको अभियानलाई सफल पार्नुपर्ने परिवेशमा प्रवेश गरेको बताइन् । राजनीतिक स्थायित्व सामाजिक न्याय र समानतामा आधारमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताइन् । उनले सबै राजनीतिक दलहरूले सामाजिक आर्थिक विकासको लागि नीति निर्माणमा आ-आफ्नो तर्फबाट भूमिका निर्माण गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...