विद्या भण्डारीको प्रवक्ता बन्नेलाई कारबाही गर्ने ओलीको चेतावनी



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष  एवं प्रधानमन्त्री केपी शर्मा ओलीले च्यासलमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न नेताकार्यकर्ताहरूलाई चेतावनी दिएका छन् । आफूले पूर्वराष्ट्रपति भण्डारीसँग आइतबार च्यासलमै भेटवार्ता गरेको उल्लेख गर्दै उनले भण्डारीलाई केही सुझाव दिएको पनि बताएका थिए ।

‘मैले विद्याजीलाई हिजो भेटेँ, बालुवाटार बोलाएको, पार्टी कार्यालय देखेको छैन भन्नुभयो, के ठूलो भयो ? पूर्वराष्ट्रपति र प्रधानमन्त्री भेट्दा किन छुलो कुरा गर्नुपर्छ ?  ओलीले भने, ‘कोही उहाँ (भण्डारी) को प्रवक्ता बन्नुभएको छ, किन पर्‍यो त्यो, मैले सुझाव दिएको छु, उहाँले के गर्नुहुन्छ भनिसक्नु भएको छैन । उनले भेटवार्तामा पोलिट्ब्युरोको निर्णयका बारेमा जानकारी गराएको पनि बताए । राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ । उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनु भएको छ । उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्नेछ,’ अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...