पार्टीमा वरिष्ठ उपाध्यक्षको काम सकियो : ओली



हाम्रो इकोनोमि

 

 

आइतबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग डेढ घण्टा लामो वार्ताका क्रममा ईश्वर पोखरेलले महाधिवेशनले गरेको वरिष्ठ उपाध्यक्षको व्यवस्था हटाएर कर्मचारीतन्त्रको शैलीमा पहिलो वरीयताको उपाध्यक्ष राख्ने भन्ने प्रस्ताव आफूलाई ठीक नलागेको बताएका हुन् ।

बालुवाटार स्रोतका अनुसार पोखरेलले वरिष्ठ उपाध्यक्ष पद हटाइएकोमा असन्तुष्टि जनाएका थिए । तर, प्रधानमन्त्रीले ‘तपाईँले ७० वर्षे उमेर हद चाहिन्छ भनेकाले अब वरिष्ठ के काम भनेर हटाउन लगाएको’ जवाफ दिएका थिए । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, अब पार्टीमा वरिष्ठ उपाध्यक्ष बनाउने व्यक्ति तपाईँभन्दा अरु मैले तत्काल देखेको थिइनँ । तपाईँले ७० वर्षे उमेर हद लगाएर बिदा हुने कुरा गरेपछि त्यो पद मैले नै नराख्न भनेको हुँ ।

तर, पोखरेलनिकट एक नेताले बताएका अनुसार वरिष्ठ उपाध्यक्ष पद हटाएको भन्दा पनि उपाध्यक्षहरूबीच पहिलो वरीयता भनिएकोमा पोखरेलले चासो राखेका हुन् । आफूले नीतिगत विषयमा बढी फोकस भएको बेला वरिष्ठ उपाध्यक्ष पद योजनाबद्धरूपमा हटाइएको पोखरेलले आफूनिकटहरूलाई सुनाएका छन् । पोखरेलले विद्या भण्डारीको सम्मानजनक ढंगले व्यवस्थापन गर्न ओलीलाई आग्रह गरेका थिए । पोखरेलले निकटस्थहरुलाई बताएअनुसार विगतमा ओली र निकट नेताहरूले नै भण्डारीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री भनेर शीतल निवासमा रहेकै बेला बचन दिएको स्मरण गराएक थिए ।

आइतबारको भेटलाई प्रधानमन्त्री ओलीनिकट नेताहरूले भने पोखरेलले एघारौं महाधिवेशनमा पनि वरिष्ठ उपाध्यक्ष कायमै रहनका लागि पार्टी अध्यक्षलाई फकाउने प्रयासका रूपमा टिप्पणी गरेका छन् । पोखरेलले आफूलाई सँगै राख्न र फरक व्यवहार नगर्न ओलीलाई आग्रह गरेको उनीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...