ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्



हाम्रो इकोनोमि

 

 

विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १० घण्टा बढी जारी रह्यो । बिहीबार दिउँसो पौने २ बजेबाट सुरु भएको बैठक मध्यरात सकिएको थियो । बैठकमा पार्टी विधानको प्रस्तावमाथि लामो छलफल चल्यो ।

विधानको धारा ६४ मा रहेको यो व्यवस्थाबारे छलफल हुँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नोकझोंक नै भएको थियो । विधानमाथि धारणा राख्ने क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले भूमिका सहित पार्टी विधान तीन पटक छापिएको प्रशंग उठाएका थिए ।

प्रथम विधान महाधिवेशनले गरेको निर्णय र दशौं राष्ट्रिय महाविधेशनको परिस्थितिबारे बोल्दै जाँदा वरिष्ठ उपाध्यक्ष पोखरेलले तीनपटक विधान छापिएको प्रशंग उठाएका थिए । पोखरेल बोल्दै गर्दा ओलीले आपत्ति जनाए । ओलीले भने- ‘तपाई कर्ण थापाको कुरा बोकेर आउने हो ?

स्रोतका अनुसार ओलीले कर्ण थापाको कुरा बोकेर नआउन भनेपछि ईश्वर पोखरेल झोक्किएका थिए । ‘म आफ्नो कुरा राखिरहेको छु, कर्ण थापासँग मलाई किन जोड्नुहुन्छ ?  पोखरेलले उल्टै प्रश्न गरेका थिए ।

यसपछि भने ओली बोलेनन् । पोखरेलले आफ्ना कुरा राख्न थाले । बोल्ने क्रममा पोखरेलले ओलीलाई नेतृत्व छोड्न सुझाव नै दिएका छन् । तपाई र म बीचमा कुनै आइडोलोजीको समस्या होइन, छैन, तर तपाईंको शैलीमा समस्या भयो, पोखरेलले भने, ‘कार्यकर्ता र जनतासँग गर्ने शैली ठीक भएन, पार्टीभित्र मूल्यांकन गर्ने विधि भएन, त्यसैले अब तपाईले छोड्नुस् (नेतृत्व) ।

पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन पनि ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गरेका थिए । ‘आत्मालोचना भन्ने चिज छैन, विचारको विमर्शलाई झगडा भन्नुहुन्छ,’ ओलीसँग नेतृत्व छोड्नुको विकल्प नरहेको तर्क पोखरेलले गरेका थिए ।

तर यो सबै सुनिरहेका प्रधानमन्त्री समेत रहेका ओलीले भने नेतृत्व छोड्ने अवस्था नरहेको जवाफ फर्काएका थिए । ‘ईश्वर कमरेडले शान्त शैलीमै नेतृत्व छोड्नुस् भन्नुभयो, यो सबै सुनिरहनुभएका अध्यक्ष कमरेडले मिल्दैन भन्नुभयो’ स्रोतले भन्यो ।

पार्टीमा अझै आफ्नो आवश्यकता रहेकाले छोड्न नमिल्ने ओलीको तर्क थियो । स्रोतका अनुसार विधानकै बारेमा घण्टौ छलफल भएको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले पनि प्रवेश पाएको थियो  तर यो विषयमा धेरै छलफल भने भएन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...