सेयर बजार कारोबार १४ अर्ब नाघ्यो



हाम्रो इकोनोमि

 

 बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ । बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि बजारमा उत्साह देखिएको छ । सो वृद्धिपछि नेप्से २७९४ अंकमा पुगेको छ । बजारको अंक बढ्दा कारोबार १९३ कम्पनीको मूल्य बढ्यो भने ५५ को घट्यो । व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै ३.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.५९, फाइनान्स ०.७५, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर १.२८, लगानी ०.५२, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन १.३९, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा १.८५, अन्य ०.३३ प्रतिशत बढे । व्यापार भने ०.१८ प्रतिशत घट्यो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । ग्रिन डेभलपमेन्ट बैंकको ८.४१, अपरहेवाखोलाको ८.३०, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३, फरवार्ड माइक्रोफाइनान्सको ७.८४ तथा बुटवल पावरको ६.७९ प्रतिशत मूल्य बढ्यो । रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ४१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३ करोडको भयो । माइखोला हाइड्रोपावरको ७.८७, नारायणी डेभलपमेन्ट बैंकको २.९०, उन्नति सहकार्य लघुवित्तको २.१४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा उत्कृष्ट पाँच कम्पनीमा बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा रहे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...