छाउगोठमा सर्पले टोक्दा एक महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

 

 कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ ।छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति करिब १२:३० बजे सर्पले टोकेको थियो ।प्रहरीले प्रारम्भिक जानकारीअनुसार सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिए । कमला आउजीका श्रीमान् भारत बस्छन् । घरमा एक्लै तीन सन्तान हुर्काइरहेकी उनको सर्पको टोकाइबाट ज्यान गएको हो ।

सुरुमा घरमै सुतिरहेको अवस्थामा सर्पले टोकेको बताइए पनि महिनावारी अवस्थामा छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेको प्रहरीले जनाएको छ । सुदूरपश्चिममा छाउ गोठ भत्काउने र छाउपडी कुप्रथाविरुद्ध अभियान चलिरहे पनि अझै महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य भएको छैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...