भोटेकोशीमा भीषण बाढी, तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन



हाम्रो इकोनोमि

 

 

रसुवाको रसुवागढी नाकास्थित भोटेकोशीमा आएको भीषण बाढीको कारण तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारको लागी खटिएका असई लाल बहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्क विहीन भएका हुन् । त्यस्तै ९ जना नेपाली र ६ जना चाइनिज गरी १८ जना सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

आज बिहान ३ बजे चीनको एरियामा परेको अविरल वर्षाको कारण रसुवागढीमा भारी मात्रामा बाढी आएको थियो । बिहान ४ बजे नेपाल र चिन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति  मानिस र सवारी साधनमा आवतजावत बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै साढे ४ बजे रसुवा गोसाईंकुण्ड गापा वडा नं २ स्थित रहेको इभी चार्जिङ स्टेसनमा क्षति भएको ७र८ वटा इभी गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...