०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन् : उपप्रधानमन्त्री पौडेल



हाम्रो इकोनोमि

 

 

 उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाएका छन्, आइतबार रुपन्देहीको कन्चन गाउँपालिका वडा नं ५ गरेका ४५१ जना स्थानीयलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै उनले यसमा ढुक्क भएर बस्न आग्रह गरेका छन् ।

यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौँ, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौँ, हामीले त्यसलाई ०८४ अघि नै पूरा गर्ने संकल्पका साथ काम गरेका छौँ ।

उनले भने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यसमा स्पष्ट निर्देशन दिइरहनुभएको छ, जो भूमिहीन, बेघरबार छन् यसको स्थायी समाधानको लागि दृढ संकल्पसाथ काम भएको छ, यसलाई सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...