केपी ओलीको निर्देशनमै एमाले चल्छ : रघुवीर



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन् । जनकपुरधाममा पत्रकारमाझ महासैठले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमाले चल्ने भन्दै भण्डारी आउँदा ओलीकै सहमति र प्रस्तावमा आउने जिकिर गरे ।

उनले भने, पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउन खोजिरहेको कुरा राम्रो हैन । मलाई पनि विवाद ल्याउन खोजिएको छ । हामी कुनै पनि कित्तामा नभई पार्टीको कित्तामा छौं । जबसम्म हाम्रो अध्यक्षकै निर्देशअनुसार अघि बढ्छ । महाधिवेशनले गर्ने हो । केपी शर्मा ओलीज्यूलको आउने महाधिवेशनसम्म कुनै विकल्प छैन । भण्डारीले सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा आउँछुमात्र भनेको भन्दै उनले ओली-विद्याबीच कित्ताकाटको हल्ला र समाचार फिँजाइएको टिप्पणी गरे ।

महासेठले भने, ‘सक्रिय राजनीतिमा आउँछुमात्र भन्नुभएको छ । तर, कसरी अघि बढ्ने केही कुरा गर्नुभएको छैन । अहिले बजार हल्ला छ अब केपी ओली र विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ । कार्यकर्ताहरू कित्ताकाट गरिरहेका छन् । मिडियामा आइरहेका कित्ताकाटका समाचारबारे कुनै सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन । यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनुहुन्छ ।

संविधान र पार्टीको विधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा कुनै बन्देज नगरेको साथै सचिवालयमा पनि छलफल भन्दै उनले भने, उहाँ आउन चाहनुहुन्छ भने किन रोक्ने  ? पार्टीभित्र अन्तरविरोध बढाउने काम गर्नुभएको छैन । पार्टीका केही एक-दुई जना साथीहरूले अन्तरविरोध बढाउने काम गरिरहेका छन् । त्यो राम्रो हैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...