यातायात व्यवस्था विभागको सर्भरमा समस्या



हाम्रो इकोनोमि

 

 

यातायात व्यवस्था विभागको सिस्टममा समस्या आएपछि आज लाइसेन्सको सबै काम रोकिएको छ । नयाँ ट्रायल, लिखित परीक्षा र लाइसेन्स प्रिन्टको काम रोकिएको हो । यातायात व्यवस्था विभागले एक सूचना निकालेर सबै सेवा बन्द भएको जानकारी दिएको हो ।

यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाले यातायात व्यवस्था विभागको सरोबरमा समस्या आएर आजका लागि सबै काम बन्द भएको बताए । उनले  भने, ‘हाम्रो सरोबरमा समस्या आएकाले आज लिखित, ट्रायल र लाइसेन्स प्रिन्ट लगायत सबै काम रोकिएको छ ।

नयाँ लाइसेन्सको लागि अनलाइन आवेदन पनि रोकिएको छ । विभागका टिमले मर्मतको काम गरिरहनु भएको छ । आज बेलुकासम्म देखिएको समस्या समाधान हुन्छ होला । सरोबर नै डाउन भएपछि सबै काम बन्द भएको हो । देशभर नै नयाँ लाइसेन्सको ट्रायल, लिखितको काम रोकिएको छ ।

‘शुक्रबारदेखि विभागमा रहेको सवारीचालक अनुमति पत्र प्रणालीमा समस्या देखिएको छ । सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवा रोकिएको छ । इडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीहरुको सबै सेवाहरु बन्द भएको छ,’ यातायात व्यवस्था विभागले निकालेको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...