सिके राउतले दाइलाई उपाध्यक्ष बनाएपछि जनमतमा विवाद



हाम्रो इकोनोमि

 

 

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उपाध्यक्षमा आफ्नै दाइ जयकान्त राउतलाई पार्टीको उपाध्यक्षमा मनोनयन गरेपछि पार्टीभित्र विवाद देखिएको छ । गएको निर्वाचनबाट मधेशबाट नयाँ शक्तिको रूपमा उदाएको जनमत पार्टीमा अध्यक्ष राउतको कार्यशैलीलाई लिएर एकपछि अर्को विवाद देखिएको हो ।

राउतले मङ्गलवार दाइ जयकान्त र दानबहादुर चौधरीलाई उपाध्यक्षमा मनोनीत गरेका थिए । नयाँ पार्टीमा पुरानो झैँ गरेर परिवारवाद हाबी भएको भन्दै पार्टीका नेता कार्यकर्ता अध्यक्ष राउतको यो निर्णयबाट रुष्ट सुनिन्छन् ।

पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपक साहले एक प्रेस विज्ञप्ति जारी गर्दै जनमत पार्टीले राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णयको विरोध गरेका छन् । उनले विशेषतः पार्टी अध्यक्षद्वारा आफ्ना पारिवारिक सदस्यहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा उकास्ने प्रवृत्तिले संस्थागत राजनीतिलाई गम्भीर रूपले क्षति पुर्‍याएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...