रामकुमारी झाँक्रीलाई पार्टीबाट निष्कासित गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एसको सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध दिएको विस्फोटक अभिव्यक्तिले प्रवेश पाएको छ । बैठकमा अधिकांश नेताले झाँक्रीले बोल्नै नहुने कुरा बोलेको भन्दै पार्टीबाटै निकाल्नुपर्ने नेतृत्वलाई दबाब दिएको स्रोतले बतायो ।

पार्टीनिकट युवाको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकी थिइन् । नेकपा एसकी उपाध्यक्ष जयन्तीकुमारी राईले झाँक्रीले बोलेको कुरालाई लिएर प्राय: सबै नेताले आपत्ति जनाएको बताएकी छन् ।

अध्यक्ष माधव नेपालले भने राजनीतिक विषयमा कुरा गरेको तर, यो विषयमा केही नबोलेको सहभागी एक नेताले बताए । महासचिव घनश्याम भुसालको स्वास्थ्य समस्या कारण देखाउँदै आजको बैठक स्थगित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...