मन्त्रिपरिषद पुनर्गठन हुदै, नयाँलाई पालो दिने तयारी, को-को हुदैछ आउट ?



 

 

कांग्रेस र एमाले गठबन्धनको एक वर्ष पुग्न लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट फर्किएपछि यसले पूर्णता पाउने स्रोतले बतायो । स्रोतका अनुसार केही मन्त्रीलाई निरन्तरता दिएर नयाँ अनुहार ल्याउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर दुवै दलले मन्त्री हेरफेर गर्ने छन् ।

कार्यक्षमता कमजोर देखिएका र नतिजा दिन नसकेका ‘रेड जोन’ मा रहेको बताइन्छ । गठबन्धनको समझदारी अनुसार पनि पालो पुर्‍याउने दबाबसमेत रहेकाले एक वर्षे रोटेशनबाट मन्त्रीहरू हेरफेर हुनेछन् ।

स्रोतले भन्यो एकाधबाहेक सबै फेर्ने गरी प्रारम्भिक छलफल अघि बढेको छ, प्रधानमन्त्री स्पेनबाट फर्केपछि देउवासँग छलफल गरेपछि टुंगिन्छ । कांग्रेसबाट फिर्ता बोलाउने र नयाँ मन्त्रीको नाम देउवाले दिएपछि प्रक्रिया अघि बढ्छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्री र पार्टी सभापतिबीच छलफलपश्चात टुंगिने बताए ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भने मन्त्री हेरफेर गर्ने कुरा प्रधानमन्त्रीको क्षेत्राधिकार भएको बताउँछन् । उनले भने प्रधानमन्त्रीले गर्ने कुरा हो, पार्टीमा उहाँले यो विषय राख्नुभएको छैन । प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएकाले उहाँले नै कांग्रेस सभापति देउवा र संयन्त्रमा छलफल गरेर आवश्यकता अनुसार निर्णय लिनुहुन्छ । पार्टीले सरकारको काम प्रभावकारी भएको निष्कर्ष निकालिसकेको गौतमले सुनाए ।

को-को फेरिएलान् ?

कांग्रेसबाट उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेृत्वमा अहिले १० जना मन्त्री छन् ।कांग्रेसका अन्य मन्त्रीमा रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, प्रदीप पौडेल स्वास्थ्य, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, तेजुलाल चौधरी खेलकुद, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा र ऐनबहादुर शाही वनमन्त्री छन् ।

गृह, पर्यटन, कृषि, कानून र ऊर्जामन्त्री विवादमा परिरहेका छन् । उनीहरूको कार्यक्षमतालाई लिएर कांग्रेसभित्रै प्रश्न उठिरहेको छ । देउवाले धेरैजसो नयाँ अनुहार पठाउन सक्ने बताइएको छ ।

यस्तै, एमालेबाट प्रधानमन्त्रीसहित उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा कुल ८ जना सरकारमा छन् । जसमा पृथ्वीसुब्बा गुरुङ सञ्चार, बलराम अधिकारी भूमि, दामोदर भण्डारी उद्योग, देवेन्द्र दाहाल भौतिक, रघुजी पन्त शिक्षा, मानवीर राई रक्षा र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् ।

केही मन्त्रीको काममा प्रधानमन्त्री सन्तुष्ट नभएको बताइन्छ । ओलीले पनि नयाँ अनुहारलाई नै जोड दिने पार्टीमा चर्चा छ । यस्तै, अशोक राई नेतृत्वको जसपाबाट प्रदीप यादव खानेपानी, नवलकिशोर साह सुडी महिला र लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री छन् । जसपा र लोसपाबाट सरकारमा गएका मन्त्रीहरूको पनि कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट छैनन् । केही सिनियरबाहेक अरु मन्त्री बाहिरिएर नयाँले मौका पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ०८ : २२  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०