नेकपा एस निकट अनेरास्ववियू फुट्यो, केन्द्रीय समिति घोषणा



हाम्रो इकोनोमि

 

 

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा भएको छ । संगठनका अध्यक्ष महेश श्रेष्ठसँग असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेको हो ।

असन्तुष्ट पक्षले नरेश न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहेको पदाधिकारीसहित १६७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको छ । समानान्तर कमिटीको बैठकले संसद विघटनलगायतका घोर प्रतिगामी षड्यन्त्रविरुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै विद्रोहको नेतृत्व गरेको मातृ पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि सरकारले साँधेको प्रतिशोध र षड्यन्त्रविरुद्ध एकताबद्ध रुपमा प्रतिरोध एवं प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ ।

आगामी असार २१ गते बस्ने पदाधिकारी बैठकबाट सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिने, पहिलो पदाधिकारी बैठकबाट केन्द्रीय कमिटीको एक तिहाइ हुने गरी केन्द्रीय सचिवालय गठन गरिने र केन्द्रीय कमिटीको बैठक साउन पहिलो हप्ता काठमाडौंमा आयोजना गरिने निर्णयसहितको सकुर्लर पठाइएको छ । प्रदेश, जिल्ला, क्याम्पस कमिटी तथा राष्ट्रिय कमिटीका सम्मेलनहरु आगामी साउन १५ गतेभित्र सम्पन्न गर्ने, अनेरास्ववियूको केन्द्रीय महाधिवेशन यथाशीघ्र गर्ने, तर महाधिवेशनको मिति तथा संगठनमा उमेर हदसम्बन्धी निर्णय केन्द्रीय कमिटी बैठकबाट गरिने पनि निर्णय गरेको सर्कुलरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...