नेकपा (एस)मा माधव नेपाल विरुद्ध बोल्न नपाइने



हाम्रो इकोनोमि

 

 

पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको पार्टी बाहिर मात्र होइन पार्टी भित्रै पनि आलोचना सुरु भएपछि उहाँको विरुद्ध नबोल्न नेपालले पार्टीबाट ह्विप नै जारी गराउनुभएको छ ।

जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपाल लगायतका विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उहाँको सर्वत्र आलोचना भइरहेको छ । आदर्श, नैतिकता र अनुशासनको पाठ सिकाउने नेपाल भ्रष्टाचारको मुद्दामा जोडिएपछि उहाँको सांसद पद निलम्बनमा परेको छ । पार्टी अध्यक्ष पदबाट पनि उहाँले राजीनामा दिनु पर्ने बहस अहिले पार्टी भित्र र बाहिर समेत चलिरहेको छ ।

सो पार्टीकी नेतृ रामकुमारी झाँक्रीले त माधव नेपाल गनाउने सिनो भएकोले सिनो बोकेर हिँड्न नसक्ने सार्वजनिक अभिव्यक्ति नै दिइसक्नु भएको छ । आफ्नै पार्टीका नेताहरूले आफ्नो विरुद्ध सार्वजनिक अभिव्यक्त दिन लागेपछि नेपालले आफ्ना विरुद्ध नबोल्न पार्टीको तर्फबाट निर्देशन जारी गर्न लगाउनुभएको छ ।

सो पार्टीका महासचिव घनश्याम आइतबार भुसालले निर्देशन जारी गरी पार्टी अध्यक्षका विरुद्ध नबोल्न र कुनै पनि टिप्पणी नगर्न ह्विप लगाउनु भएको छ । निर्देशनमा भनिएको छ–‘पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा जेठ २२ गते प्रेस विज्ञप्ति मार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको सर्वविदित नै छ, यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रूपमा गर्ने नै छ, तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ’, निर्देशनमा उल्लेख छ ।

पार्टीले बाहिर कुनै पनि प्रतिक्रिया नजनाउन पनि चेतावनी दिएको छ । ’पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वाद(प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ’, निर्देशनमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...