ऊर्जा पूर्वाधारमा चीनको सहयोगका लागि मन्त्री खड्काको पहल



हाम्रो इकोनोमि

 

 

शाङ्घाई सहयोग संगठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक महामहिम वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । भेटवार्ताको सुरुआतमा मन्त्री खड्काले चीन सरकारद्वारा प्रदत्त आत्मीय आतिथ्य र SCO ऊर्जा मन्त्रीस्तरीय बैठकको सफल आयोजनाप्रति आभार प्रकट गर्दै, आयोजनाको सफल समापनका लागि बधाई ज्ञापन गर्नुभयो । उक्त भेटवार्तामा नेपाल–चीनबीचको ऐतिहासिक र दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र ऊर्जा क्षेत्रमा सम्भावित सहकार्यका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा चीनका ऊर्जा प्रशासक वाङ होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्न चीन सरकार पूर्णरूपमा तयार रहेको स्पष्ट रूपमा उल्लेख गर्नुभयो । उहाँले दुई देशबीच ऊर्जा सुरक्षाको अभिप्रायले दीर्घकालीन सहकार्यका ढोका अझ फराकिलो बनाउनु पर्नेमा जोड दिनुभयो । नेपालले जलविद्युत्, प्रसारण प्रणाली विस्तार, वैकल्पिक ऊर्जा प्रवर्द्धन र क्षमता विकासको क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्दै मन्त्री खड्काले नेपालका ऊर्जा परियोजनामा लगानी र प्रविधि हस्तान्तरणको अपेक्षा पनि व्यक्त गर्नुभएको थियो । दुवै पक्षले आगामी दिनमा प्राविधिक टोलीहरू आदानप्रदान गर्दै सहकार्यको व्यवहारिक पक्षलाई थप संस्थागत बनाउने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...