सरकारले तोकेभन्दा धेरै कर उठाएका छैनौं : मनोज रानाभाट, अध्यक्ष वडा नम्बर २, भरतपुर
चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट सँग हाम्रो इकोनोमी डट कमका चितवन संवाददाता ईश्वरी सिहंले राजनिति र बिकसको बारेमा गरेको कुराकानी ।
बर्तमान अवस्थाको राजनीतिलाई तपाईं कुन रुपमा हेर्नुहुन्छ ?
राजनिती भनेको सेवा हो । राजनिती ब्यापारको रुपमा फस्टाँउदै गएको कारणले गर्दा युवावर्गहरु हाल राजनीतिमा प्रवेश गर्ने क्रम पनि बढ्दो छ । कतिपय ब्यक्तिहरुको गलत कार्यका कारण राजनिती बदनाम हुन पुगेको हो । राजनीतिले त सम्पुर्ण देशको नै बिकाश गर्ने कार्य भएकोले गर्दा यो अवसरको दुरुपयोग कदापि गर्नु हुँदैन ।
तपाईं वडा अध्यक्ष भएको तीन बर्ष बढि भयो,यो समयमा यश वडामा के के बिकाशका काम गर्नुभयो ?
म पहिला ब्यवसाय गर्थें । म राजनितिमा आएर समाज परिवर्तनकोलागी भुमिका खेल्नुपर्छ जस्तो लाग्यो र सक्रिय रुपमा राजनिती गर्न थालें । भाग्यवश पार्टीले मलाई चुनावमा टिकट दियो र म आज वडा अध्यक्षको पदमा छु । पदभार सम्हाले देखि मैले टपरी बनाउने, ब्युटिसियन, अचार बनाउने, कौसी खेती, कपाल काट्ने, महिला शशक्क्तिकरणका कार्यक्रम ,युवा स्वरोजगारका भिभिन्न कार्यक्रमहरु गरेको छु । भरतपुरको सबै भन्दा सानो वडा र त्यस्मा पनि बजार क्षेत्र भएकोले गर्दा यहाँ ढलको समस्यालाई सुधार गर्नुको साथै पुङ्गी खोलाको संरक्षण कार्यमा विशेष जोड दिएको छु ।
तपाईंको काम प्रती वडाका जनता खुशी छन् ?
काङ्ग्रेस पार्टीको तर्फबाट करिब ४० बर्ष पछि म वडा २ को अध्यक्षमा जितेर आएको हुँ । म प्रती यस वडाका जनताले धेरै आशा र भरोसा गरेका छन् । मैले सुकुम्बासी जनताहरुलाइ लाल पुर्जा ,यस क्षेत्रको मन्दिरहरुको ब्यवस्थापन, फुटबल ग्राउन्ड लगायतका बिशेष कार्यहरु जन अपेक्षा अनुरुप गरेको हुँदा मलाई जनताले राम्रो मानेका छन् ।
वडाले चाहिनेभन्दा बढी कर लियो भन्ने जनगुनासो छ नि यसबारे तपाईं के भन्न चाहानु हुन्छ ?
जनताबाट उठेको करले नै बिकास गर्ने हो । सरकारले तोके भन्दा धेरै कर हामिले उठाएका छैनौं । बिकास बिरोधिहरुले अनावश्यक फन्डा ल्याएर बदनाम गर्न खोजेका हुन् ।
यस वडामा युवा, किसान ,बिदार्थी,वृद्धहरुकोलागी नयाँ काम गर्नु भएको छ ?
मैले आफ्नो वडाका बिद्यार्थीहरुकोलागी भर्ना शुल्कमा २५% र मासिक शुल्कमा १०% छुटको ब्यवस्था, संस्थागत रुपमा तरकारी किन्नेलाइ ५०% छुट, पुरानो मेडिकलमा उपचारकोलागी ५०% छुट, बालकुमारी क्याम्पसका विद्यार्थीहरुलाइ २५% छुट, बृद्धअबश्थाका बुवा आमाहरुकोलागी घर -घर मै गएर हेल्थ क्याम्प संचालन गर्नुको साथै बर्षमा एक पटक उहाँहरुलाइ लुगाफाटो बितरण गर्नुको साथै खाना खुवाउने कार्य गर्दै आएको छु ।
मेयर र वडा अध्यक्ष फरक पार्टीको हुँदा काम गर्न गार्हो हुने गरेको छ ?
युवावर्गका नेताहरुमा त्यस्तो प्रबृत्ति हावी भएको छैन । मेयर र वडा सदस्यहरु फरक पार्टीको भए पनि मलाई पुर्ण रुपमा सहयोग प्राप्त भएको छ । मलाई र मैले गर्ने कामहरुमा सबैले सहजीकरणको भुमिका निर्वाह गर्नु भएको छ ।
अन्त्यमा तपाईंको आफ्नो तर्फ बाट के भन्न चाहानु हुन्छ ?
सांसद, मन्त्री, प्रधानमन्त्री एक चोटि वडा अध्यक्ष भएर काम गर्यो भने जनताको समस्यासँग नजिक हुने मौका मिल्छ । वडा नम्बर २ मा सिसि क्यामेरा र लाइटिङ्ग जडान गरेर स्मार्ट वडा बनाउने मेरो सपना छ । त्यसैगरी क्षेत्रपुर एरियामा रात्रीकालिन बजार संचालन गर्ने योजना पनि अघिसारेको छु । म यसैगरी आफ्नो जीवन देश र जनताको सेवामा समर्पित गर्दै अघि बढ्ने अठाेट लिएको छु । ८४ को चुनावमा टिकट पायो भने संसदीय चुनावमा अवश्य लड्ने छु ।
प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार ०३ : २३ बजे