सरकारले तोकेभन्दा धेरै कर उठाएका छैनौं : मनोज रानाभाट, अध्यक्ष वडा नम्बर २, भरतपुर



हाम्रो इकोनोमि

 

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट सँग हाम्रो इकोनोमी डट कमका चितवन संवाददाता ईश्वरी सिहंले  राजनिति र बिकसको बारेमा गरेको कुराकानी ।

 

बर्तमान अवस्थाको राजनीतिलाई तपाईं कुन रुपमा हेर्नुहुन्छ  ?

राजनिती भनेको सेवा हो । राजनिती ब्यापारको रुपमा फस्टाँउदै गएको कारणले गर्दा युवावर्गहरु हाल राजनीतिमा प्रवेश गर्ने क्रम पनि बढ्दो छ । कतिपय ब्यक्तिहरुको गलत कार्यका कारण राजनिती बदनाम हुन पुगेको हो । राजनीतिले त सम्पुर्ण देशको नै बिकाश गर्ने कार्य भएकोले गर्दा यो अवसरको दुरुपयोग कदापि गर्नु हुँदैन ।

 

तपाईं वडा अध्यक्ष भएको तीन बर्ष बढि भयो,यो समयमा यश वडामा के के बिकाशका काम गर्नुभयो  ?

म पहिला ब्यवसाय गर्थें । म राजनितिमा आएर समाज परिवर्तनकोलागी भुमिका खेल्नुपर्छ जस्तो लाग्यो र सक्रिय रुपमा राजनिती गर्न थालें । भाग्यवश पार्टीले मलाई चुनावमा टिकट दियो र म आज वडा अध्यक्षको पदमा छु  । पदभार सम्हाले देखि मैले टपरी बनाउने, ब्युटिसियन, अचार बनाउने, कौसी खेती, कपाल काट्ने, महिला शशक्क्तिकरणका कार्यक्रम ,युवा स्वरोजगारका भिभिन्न कार्यक्रमहरु गरेको छु । भरतपुरको सबै भन्दा सानो वडा र त्यस्मा पनि बजार क्षेत्र भएकोले गर्दा यहाँ ढलको समस्यालाई सुधार गर्नुको साथै पुङ्गी खोलाको संरक्षण कार्यमा विशेष जोड दिएको छु ।

 

तपाईंको काम प्रती वडाका जनता खुशी छन्  ?

काङ्ग्रेस पार्टीको तर्फबाट करिब ४० बर्ष पछि म वडा २ को अध्यक्षमा जितेर आएको हुँ । म प्रती यस वडाका जनताले धेरै आशा र भरोसा गरेका छन् । मैले सुकुम्बासी जनताहरुलाइ लाल पुर्जा ,यस क्षेत्रको मन्दिरहरुको ब्यवस्थापन, फुटबल ग्राउन्ड लगायतका बिशेष कार्यहरु जन अपेक्षा अनुरुप गरेको हुँदा मलाई जनताले राम्रो मानेका छन् ।

 

वडाले चाहिनेभन्दा  बढी कर लियो भन्ने जनगुनासो छ नि यसबारे तपाईं के भन्न चाहानु हुन्छ  ?

जनताबाट उठेको करले नै बिकास गर्ने हो । सरकारले तोके भन्दा धेरै कर हामिले उठाएका छैनौं । बिकास बिरोधिहरुले अनावश्यक फन्डा ल्याएर बदनाम गर्न खोजेका हुन् ।

 

यस वडामा युवा, किसान ,बिदार्थी,वृद्धहरुकोलागी नयाँ काम गर्नु भएको छ  ?

मैले आफ्नो वडाका बिद्यार्थीहरुकोलागी भर्ना शुल्कमा २५% र मासिक शुल्कमा १०% छुटको ब्यवस्था, संस्थागत रुपमा तरकारी किन्नेलाइ ५०% छुट, पुरानो मेडिकलमा उपचारकोलागी ५०% छुट, बालकुमारी क्याम्पसका विद्यार्थीहरुलाइ २५% छुट, बृद्धअबश्थाका बुवा आमाहरुकोलागी घर -घर मै गएर हेल्थ क्याम्प संचालन गर्नुको साथै बर्षमा एक पटक उहाँहरुलाइ लुगाफाटो बितरण गर्नुको साथै खाना खुवाउने कार्य गर्दै आएको छु ।

 

मेयर र वडा अध्यक्ष फरक पार्टीको हुँदा काम गर्न गार्हो हुने गरेको छ  ?

युवावर्गका नेताहरुमा त्यस्तो प्रबृत्ति हावी भएको छैन । मेयर र वडा सदस्यहरु फरक पार्टीको भए पनि मलाई पुर्ण रुपमा सहयोग प्राप्त भएको छ । मलाई र मैले गर्ने कामहरुमा सबैले सहजीकरणको भुमिका निर्वाह गर्नु भएको छ ।

 

अन्त्यमा तपाईंको आफ्नो तर्फ बाट के भन्न चाहानु हुन्छ  ?

सांसद, मन्त्री, प्रधानमन्त्री एक चोटि वडा अध्यक्ष भएर काम गर्यो भने जनताको समस्यासँग नजिक हुने मौका मिल्छ । वडा नम्बर २ मा सिसि क्यामेरा र लाइटिङ्ग जडान गरेर स्मार्ट वडा बनाउने मेरो सपना छ । त्यसैगरी क्षेत्रपुर एरियामा रात्रीकालिन बजार संचालन गर्ने योजना पनि अघिसारेको छु । म यसैगरी आफ्नो जीवन देश र जनताको सेवामा समर्पित गर्दै अघि बढ्ने अठाेट लिएको छु । ८४ को चुनावमा टिकट पायो भने संसदीय चुनावमा अवश्य लड्ने छु ।

प्रतिक्रिया दिनुहोस
क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...

प्रचार सामग्रीमा एमालेले हट्यो ओलीको फोटो

  नेकपा एमालेले सार्वजनिक कार्यक्रम र पार्टी प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको...

चुनावमा खाएको धक्काको जिम्मेवारी कसले लिने : योगेश

    नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट...