LG Nepal द्वारा “Affectionate Intelligence” को प्रदर्शनी भविष्यको सुरुवात अब नेपालमा
LG Nepal ले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान “Affectionate Intelligence” लाई नेपालको लागि विशेष प्रदर्शनीमार्फत प्रस्तुत गर्न लागेको छ । सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियान अब नेपालमा पनि सुरु हुँदैछ, जसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको Artificial Intelligence को सुरुवात दर्शाउँछ।
दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम, असार १३ मा डिलरहरूको लागि र असार १४ मा सर्वसाधारण का लागि आयोजना हुनेछ । कार्यक्रममा सहभागिहरूले LG को नयाँ पुस्ताको AI Innovations प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन्—जसले केवल सेवा गर्ने मात्र होइन, बुझ्ने र ख्याल गर्ने उद्देश्य राख्दछ ।
“Affectionate Intelligence” केवल products को प्रदर्शन मात्र नभई, प्रविधि र मानवबीचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने LG को दृष्टिकोण हो । यसले उत्तरदायित्व, सम्बन्ध र विश्वासलाई केन्द्रमा राख्दै प्रयोगकर्ता मैत्री भविष्यतर्फको यात्रा प्रस्तुत गर्दछ ।
नेपाली बजारमा ४ दशक लामो सफल यात्रालाई सम्मान गर्दै, LG र चौधरी ग्रुपको साझेदारीमा आयोजित यो कार्यक्रम एउटा ऐतिहासिक उपलब्धि हुनेछ ।
चौधरी ग्रुप का मार्केटिङ प्रमुख गौरव हमाल भन्नुहुन्छ
“यो हाम्रो लागि निकै गर्वको क्षण हो । LG सँग हाम्रो सहकार्य गोल्ड स्टारको समयमा सुरु भएको हो । दशकौ सम्म फैलिएको हाम्रो सम्बन्धले नेपाली घरघरमा विश्वस्तरीय प्रविधि ल्याएको छ । अब ‘Affectionate Intelligence’ मार्फत हामी त्यस्तो भविष्यमा पाइला टेक्दैछौं, जहाँ प्रविधि अझ मानवीय, अझ बौद्धिक र अझ प्रभावकारी बन्नेछ ।
LG र CG बीचको सम्बन्धले विश्वास, नवप्रवर्तन र प्रयोगकर्ता मैत्री डिजाइनको आधारमा नेपालमा नेतृत्व कायम गर्दै आएको छ । आगामी प्रदर्शनीले प्रविधिको मानवीय भविष्य कस्तो देखिन्छ भन्ने झलक दिनेछ ।
सर्वसाधारणलाई असार १४, शनिबार बिहान ११:०० बजेबाट साँझ ५:०० बजेसम्म, ललितपुरको द प्लाजामा आयोजना हुने यो अद्वितीय अनुभवमा सहभागी हुन आमन्त्रण गर्दछौं ।


