कोरिया रोजगारीको लागि ‘हामी’ मोबाइल एप सार्वजनिक



हाम्रो इकोनोमि

 

 

कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) र कोरियाको मानव संसाधन विकास सेवा (HRDK) ले’हामी’ मोबाइल एप लन्च गरेको छ । नेपाली श्रमिकहरूको सुरक्षित आप्रवासन सुनिश्चित गर्न र स्वदेश फर्किएपछि उनीहरूको स्थिर पुनःएकीकरणमा सहयोग पुर्याउने उद्देश्यले यो एप्लिकेसन सार्वजनिक गरिएको छ । कार्यक्रममा कोरियाली राजदूत श्री पार्क ते-यङ, नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय सरतसिंह भण्डारी, विभिन्न विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि र फर्किएका श्रमिकहरू को सहभागिता थियो ।

कार्यक्रममा श्रम मन्त्री भण्डारीले गन्तव्य देशहरुमा नेपाली श्रमिकहरुले त्यहाँको उन्नत विकासमा पसिना बगाएका कारण विकासको साझेदार पनि भएकाले हाम्रा श्रमिक सम्मानका पात्र हुनुपर्ने बताउनुभयो । ‘सूचनाको प्रणालीलाइ अहिलेको प्रविधिसंग जोड्न श्रम संसार साइट बनाएर नागरिक एपसंग समेत जोडेका छौं । उहाँले भन्नुभयो ‘ यो हामी एप्लिकेसनलाइ पनि श्रम संसारमा जोड्नेछौं ।’ नेपालको आवश्यकता अनुसार तालिम दिन कोइकाले सहकार्य गरेको प्रति उहाँले धन्यवाद दिनुभयो । कोरियन सरकारले इपिएसको आधारमा नेपालीलाइ बढि महत्व दिएको बताउनुहुँदै इ सेभेन भिसाको लागि कार्यविधि संसोधनलाइ सरकारले अगाडी बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा राजदूत पार्क ते-यङले हामी एप नेपाल–कोरियाबीचको साझेदारीको प्रतीक भएको बताउनुभयो । उहाँले भन्नुभयो’श्रम आप्रवासनको क्षेत्रमा निरन्तर सहकार्य र साझा प्रगतिप्रति प्रतिबद्ध छौं । ‘HaMi’ एपमार्फत Employment Permit System (EPS) अन्तर्गत कोरिया जाने नेपालीहरुका लागि जानु पूर्व, गएपछि र नेपाल फर्केपछिको पुन: एकीकरणका आवश्यक विभिन्न सामग्री समेत प्राप्त गर्न सक्नेछन । ‘HaMi’ को अर्थ “Happy Migration” हो। नेपाली भाषामा यसको अर्थ “हामी” पनि हुन्छ, जसले समुदायको भावना र आपसी माया–ममता झल्काउँछ । यो कार्यक्रम KOICA को सन् २०२२ मा सुरु गरिएको “नेपाल फर्किएका श्रमिकहरूको स्थिर पुनःएकीकरणका लागि चरणगत रुपमा सहयोग गर्ने प्रणाली सुदृढीकरण” परियोजनाको हिस्सा हो । यो वर्ष कोरिया र नेपालबीचको कुटनीतिक सम्बन्धको ५१ वर्ष भएको छ ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...