संसदीय दलको नेता छोडदै माधव नेपाल



हाम्रो इकोनोमि

 

 

पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अहिले संसद सदस्यका रूपमा निलम्बित छन् । उक्त मुद्दामा विशेष अदालतले बुधवार राति ३५ लाख रुपैयाँ धरौटी राखी थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दिएको छ ।

भ्रष्टाचार निवारण ऐन- २०५९ को दफा २६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन- २०४८ को दफा १७ ले गरेको समान व्यवस्था हो, ‘कुनै पनि राष्ट्रसेवकविरुद्ध मुद्दा परेमा किनारा नलागेसम्म स्वतः निलम्बन हुने छ।

जेठ २२ मा नेपालविरुद्ध मुद्दा दायर भएकै दिन अख्तियारले दफा १७ को व्यवस्थाबमोजिम निलम्बन गर्नका लागि संसद सचिवालयलाई लेखेको पत्रका आधारमा उनी निलम्बित भएका हुन् । सो व्यवस्थाअनुसार उक्त मुद्दा किनारा नलाग्दासम्म उनी निलम्बित हुन्छन् । तर, सर्वोच्च अदालतको नजिर फरक छ । पूर्वप्रधानमन्त्री नेपालले आफू निलम्बित भएपछि संसदीय दलको नेताको जिम्मेवारी त्यागेका छैनन् । पार्टी अध्यक्षका रूपमा पनि निरन्तर काम गरिरहेका छन् । तर, संसद सदस्यका रूपमा निलम्बित छन् । 

नेपाल आफ्नो पार्टीका तर्फबाट संसदीय दलको नेता पनि हुन् । निलम्बनयता न पार्टी, न दल कुनै पनि बैठक बोलाएका थिएनन् । तर, शुक्रवार भने पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्दैछ । अहिले उक्त पार्टीको तर्फबाट संसदीय दलको उपनेताको जिम्मेवारीमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे छन् ।

नेपाल निलम्बन भएयता संसदीय दलका सम्पूर्ण गतिविधिको नेतृत्व उनैले गर्दै आएका छन् । यद्यपि, उनलाई पार्टी वा दलको बैठकले कार्यवाहक जिम्मेवारी दिएको छैन ।  के अब तपाईँ संसदीय दलको नेता बन्दै हुनुहुन्छ  ? उनले भने सचिवालय बैठक भोलि छ, त्यहाँ उहाँ (नेपाल) ले नै केही भन्नुहोला, अरू साथीका कुरा पनि केही आउलान् । नेता नहुँदा उपनेताले नै काम गर्ने कुरा त स्वभाविक भइहाल्यो ।

प्रतिक्रिया दिनुहोस
नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...