खाडी मुलुकका उडान रद्द, विमानस्थलमै अलपत्र यात्रु



हाम्रो इकोनोमि

 

 

खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् ,  इरानले कतारमा आक्रमण गरेपछि  खाडी मुलुकका उडान रद्द भएका छन् । राति ११ बजेदेखि यात्रुहरू विमानस्थलमै अलपत्र बनेका छन् । सोमबार राति ११ बजे कतारको दोहा उड्न लागेको नेपाल एयरलाइन्सको विमान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।

नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो । सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएको थियो । त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका हुन् । उनीहरु सोमबार राति विमानस्थलमै सुतेका थिए । राति १ बजेतिर प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले खाडी मुलुकको उडानले निरन्तरता पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...