इरानको तेहरानबाट ११ नेपाली स्वदेश फर्किदै



हाम्रो इकोनोमि

 

 

इरानको राजधानी तेहरानस्थित विभिन्न नियोग र कार्यालयमा कार्यरत ११ जना नेपाली भारतीय सहायतामा नेपाल फर्किदैछन् । उनीहरू करिब ९५० किलोमिटरको दूरी सडक मार्गबाट पार गरेर तेहरानबाट इरानकै मसद सहरमा पुगेका छन् । तेहरानबाट करीव ११ घण्टाको दूरीमा मसद सहर पर्छ ।

भारतले इरानमा रहेका नेपाली र श्रीलंकाली नागरिकलाई सहयोग गर्ने जानकारी दिएपछि उनीहरु इरानस्थित भारतीय दूतावासकै समन्वयमा नेपाल फर्किदैछन् । अहिले उनीहरू उडानको प्रतिक्षामा रहेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

उदयपुर घर भएका हरि थापा, उत्सव थापा, गायत्री कार्कीलगायत लुम्बिनी प्रदेशका विष्णु भुसाल, बुद्धि भुसाल, सागर पौडेल, सुमन गैरे, यज्ञ मरासिनी, गणेश पोखरेल र राजु खनाल मसद सहरको एक होटलमा छन् । उनीहरूलाई भारतीय विमानमै ल्याइँदैछ । केही नेपाली इरानको जेलमा रहेकाले उद्दार सम्भव भएको छैन । इरानमा रहेका नेपालीहरू भान्छे र अन्य कामका सिलसिलामा थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...