इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा



हाम्रो इकोनोमि

 

 

आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी)को आपतकालीन बैठक बसेको छ । बैठकमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानको अवस्था र इजरायल–अमेरिकी आक्रमणबाट इरानमा भएको क्षतिको बारेमा देशहरूलाई जानकारी गराए ।

यता, अमेरिकाले इरानमाथि आक्रमण गर्ने आफ्नो कारबाहीलाई जायज भन्यो । अमेरिकाले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने आफ्नो संकल्प दोहोर्‍यायो । अमेरिकाले इजरायलको पक्ष लिँदै भन्यो कि कुनै पनि हालतमा इरानलाई आणविक हतियार राख्न अनुमति दिइने छैन ।

बैठकमा रुस र चीनले अमेरिकी आक्रमणको कडा निन्दा गर्‍यो र पाकिस्तानले इजरायल र इरानबीच युद्धविरामको प्रस्ताव राख्यो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र इरानको अवस्थाप्रति चिन्ता व्यक्त गरे । अमेरिकाले इरानमाथि गरेको आक्रमणलाई सम्पूर्ण विश्वका लागि खतरनाक भन्दै उनले सबै सदस्य राष्ट्रहरूलाई कूटनीतिमार्फत विवाद समाधान गर्न सल्लाह दिए ।

यता, विश्वका नेताहरुले मध्यपूर्वको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै द्वन्द्व रोक्न आह्वान गरेपछि चीन, रुस र पाकिस्तानले इजरायललाई सीमा नाघ्न नदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...